सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

मंसिर २७, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवर्द्धन सम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा

 

गोकर्णेश्वर नगरपालिका काठमाडौँको सहकार्यमा शुक्रबार आयोजित उक्त तालिममा बागमति प्रदेशभरिका करिब ५० जना फोनिजकर्मीहरू सहभागी रहेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नेपालमा रहेका सम्पदाहरूको यकिन गरि प्रचारप्रसार गर्नुपर्ने बताएकी छन् । ऐतिहासिक मूर्त र अमूर्त सम्पदाहरूले नेपालको अस्तित्वलाई बचाइराखेको उल्लेख गर्दै विश्वव्यापी रूपमा फैलाउनुपर्ने बताइन् । सम्पदा पर्यटनको मूख्य आधार भएकोले विश्वका विभन्न राष्ट्रहरूबाट पर्यटकहरू अध्ययन, अनुसन्धान र अवलनोकन गर्न आउँदा नेपालकै अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुख लामाले विश्व सम्पदा सूचिकृत स्मारकहरू मात्र नभइ हरेक समुदायभित्रको कला, संस्कृति, रितिरिवाज र परम्परालाई समेत संरक्षणको लागि प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेख्य रहेको बताइन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामा

 

घाङ ह्रि भ्यू रिर्सोट जहरसिंपौवा काठमाडौँमा दुइ दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा आज बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई सहि दिशामा डो¥याउन सकिने बताए । क्षमता अभिवृद्धि तथा लेखन कार्यको अभ्यासले खोजमूलक सामग्री नागरिकमाझ पस्काउन आग्रह गरे । समय शान्दर्भिक विषयवस्तुको पूर्ण रूपमा अध्ययन र विश्लेशन गरेर सूचना प्रवाह गर्दा सबैको हित हुने मन्त्री लामाले बताए ।

फिचर लेखन तालिम गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक पुष्कर माथेमाले दिएका थिए । प्रशिक्षक माथेमाले सम्पदा संरक्षण र प्रचारप्रसारमा पत्रकारको भूमिकाबारे चर्चा गर्दै लेखन शैलीबारे आफ्नो कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा फिचर लेखनको चुनौति र अवसरको संगमबाट परिचर्चा गराउँदै अनुसन्धानात्मक लेख लेख्ने उपयोगी सुझावहरू प्रस्तुत गरेका थिए । लेखनको सैद्धान्तिक र व्यवहारिक पक्षलाई जोड दिदै सम्पदाको विषयमा गहण रूपले लाग्न सहभागी पत्रकारहरूलाई सुझाव दिए ।

फोनिज बागमति प्रदेश समितिको दोस्रो पूर्ण बैठक समेत सम्पन्न भएको छ । सोही अवसरमा जेन्जी आन्दोलनपछि जनजाति पत्रकारहरूको  अवस्थाबारेमा समेत कार्यपत्र प्रस्तुत गरेका थिए । फोनिज संघीय समितिका सल्लाहकार अमरध्वज लामाले कार्यपत्र प्रस्तुत गरेका थिए । संक्रमणकालिन अवस्थामा पत्रकारले संयमता अपनाउनुपर्ने र शीर्षक र भ्यूजको पछि नलाग्न आग्रह गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सञ्चालित सो बैठक तथा गोष्ठि कार्यक्रम प्रदेश महासचिव राजु नापितले सञ्चालन गरेका थिए । कार्यक्रममा फोनिजका केन्द्रीय महासचिव समीर बलामी, बागमति प्रदेश इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज काठमाडौँ अध्यक्ष भीम लामा लगायतले मन्तव्य राखेका थिए । साथै बैठकमा बागमति प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागीता रहेका थिए ।

फिचर लेखन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई मायाको चिनो प्रदान गर्दै न्हुजा गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ
फिचर लेखन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई मायाको चिनो प्रदान गर्दै न्हुजा गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ लगायत फोनिज काठमाडौँ जिल्ला समितिका पदाधिकारीहरू

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.