रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना

मंसिर १८, काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् ।

उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा।धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताइन् ।

एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका– ४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी थिईन । रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।

माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । उजुरी दर्ता भएपछि प्रहरीले गत आइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएका छन् । धनुषा प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.