चितवनमा गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

काठमाडौं । चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।

गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.