आदिवासी जनजाति युवा महासंघ नेपालको संघीय परिषद सदस्यमा भोटे मनोनित

मंसिर ५, काठमाडौँ । आदिवासी जनजाति युवा महासंघ नेपालको संघीय परिषद सदस्यमा टासीग्याल्जेन शेर्पा ( मिथुन चाङवा भोटे ) मनोनित भएका छन् ।

नेपाल भोटे युवा संघको सिफारिसमा आदिवासी जनजाति युवा महासंघ नेपालको २०८२ कात्तिक २९ गते बसेको तेस्रो संघीय परिषद बैठकले भोटखोला गाउँपालिका–२, संखुवासभाका टासीग्याल्जेन शेर्पा (मिथुन भोटेलाई महासंघको संघीय परिषद सदस्यमा मनोनित गरेका हुन् ।

लामो समयदेखि आदिवासी जनजाति युवाहरूको हक, अधिकारको आन्दोलनमा सक्रिय भोटे सामाजिक, साँस्कृतिक तथा धार्मिक अधिकारको लागि समेत आवाज उठाउँदै आएका छन् । कोभिड लगायत महामारीको समयमा सामाजिक कार्य गर्दै आफ्नो समुदायमा योगदान पु¥याएका उनले राज्यको नीति निर्माण तहमा आदिवासी जनजातिको सवालमा पैरवी गर्दै आएका छन् । युवामैत्री कानुन निर्माणमा समेत आफ्नो क्षेत्रबाट पहल कदम गद्र्रै युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न संघसंस्थामा आवद्ध भइ कार्य सम्पादन गर्दै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.