राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त

मंसिर २, काठमाडौं । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्त गरेका हुन्।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई नियुक्ति गरिएको हो। उनको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.