तामाङ बौद्ध महासंघ विवादमा : अध्यक्ष गेशेले गरे विधान विपरीत महाधिवेशन

कात्तिक २२, काठमाडौँ । तामाङ बौद्ध महासंघ नेपाल विवादमा आएको छ । महासंघले विधानको मर्मविपरित महाधिवेशनको आयोजना गरि कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको निवर्तामान पदाधिकारीहरूको अनुपस्थितिमा महाधिवेशन सम्पन्न गरि आफु निकटको व्यक्तिहरू ल्याएर नेतृत्व चयन गरेको अध्यक्ष गेशे निमा नोर्बु तामाङमाथी गम्भीर आरोप लागेको छ । करिव दुइ सय जना सदस्य रहेको त्यस महासंघको महाधिवेशनमा १५÷२० जना व्यक्ति मात्र उपस्थिति गराएर विधि र प्रक्रिय विपरीत महाधिवेशन सम्पन्न गरेको स्रोतले जनाइएको छ ।

विधानता महाधिवेशन वा अधिवेशनमा कार्यसमितिको पूर्व बैठक बसी कार्ययोजना बाडफाट तथा संगठानिक प्रगति विवरण, आर्थिक प्रगति विवरण लगायत आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने हुन्छ । उक्त महाधिवेशनमा भने निवर्तमान महासचिव, कोषाध्यक्षको प्रगतिविवरण तथा संगठानिक प्रगति विवरण प्रस्तुत नगरि महाधिवेशन सम्पन्न गराइएको छ । महाधिवेशनपूर्व तयारी बैठक नबोलाई अध्यक्ष गेशे निमा नोर्बु तामाङले महाधिवेशन अगाडी नै महासचिव लगायत अन्य पदाधिकारीको नाम महासंघको आधिकारिक वेइवसाइडमा राखिसकेको छ ।

अध्यक्ष गेशे निमा नोर्बु तामाङले आफुखुसी एकलौटी ढंगबाट महाधिवेशनको मिति तय गरि महासचिव र उपाध्यक्ष लगायत पदाधिकारीलाई अतिथिको रूपमा आमन्त्रणा गरेपछि उपाध्यक्ष लगायत अन्य पदाधिकारी महाधिवेशन स्थलमै नपुगेको निवर्तमान कार्यसमितिका एक पदाधिकारीले बताए । जवाफदेही र पारदर्शीबाट भाग्ने चेष्टले गलत ढंगबाट महाधिवेशन गरेको अध्यक्षमाथी आरोप छ ।

विधानता महाधिवेशन वा साधारणसभामा एक तिहाइ बहुमत आवश्यक देखिन्छ तर तामाङ बौद्ध महासंघ नेपालको महाधिवेशनमा सदस्यताको एक भाग सदस्यहरू र कार्यसमितिको पदाधिकारी उपस्थित नहुदाँ त्यस्तो महाधिवेशनबाट चयन भएको नेतृत्व वैधानिक नहुने संघसंस्थाका विज्ञहरू बताउँछन् । संस्था दर्ता ऐन २०३४ मा उल्लेख भएअनुसार संघसंस्था गैरनाफामूलक र सामजिक सेवाका साथ सञ्चालन गर्न आवश्यक समिति गठन, बैठक, साधारणसभा, अधिवेशन वा महाधिवेशनबाट आर्थिक, संगठानिक प्रगतिविवरण प्रस्तुत तथा प्रतिवेदन सावैजनिक गर्नुपर्ने भनिएको छ तर तामाङ बौद्ध महासंघ नेपाल भने अवैध तरिकाबाट सञ्चालन गर्दै आइरहेको पाएको छ ।

यस अघि नै काठमाडौँ जिल्ला प्रमुख प्रशासन अधिकारीले संस्था नविकरण गराउँदा महासंघमा आवद्ध संस्थाबाट २÷२ जना महिला पुरूषको प्रतिनिधित्व हुने गरि १३ जनाभन्दा माथिको समिति बनाउन सुझाव दिएपनि त्यस महासंघका अध्यक्षले संविधान र संस्था ऐन विपरीत गतिविधि अगाडी बढाइरहेकोले बहुमत कार्यसमितिहरूले समेत असन्तुष्ट जनाइएका छन् । विभिन्न धर्म गुरू र संघसंस्थामार्फत तामाङ समुदाय र बौद्ध धर्मको नाम बेचेर गलत ढंगबाट आयआर्जन गर्न पल्किएका अध्यक्ष गेशे निमा नोर्बु तामाङ यस अघि पनि एक महिलामाथी बलत्कार गरेको आरोपबाट सफाइ पाएका व्यक्ति हुन् ।

फट्याई गर्दा यसरी चिप्लिए अध्यक्ष गेशे निमा नोर्बु तामाङ
उनले तामाङ बौद्ध महासंघ नेपालका लागि निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आफ्नो नीजि कम्पनीमा काम गरेको कामदारको रूपमा सम्झिएर आफु निकटको व्यक्ति पदाधिकारीमा ल्याउन कोशिष गर्दा आफै चिप्लिएको छ । स्थापनाकालदेखि १० औँ महाधिवेशनसम्म आईपुग्दा आफु अध्यक्ष बन्ने र अन्य पदाधिकारीलाई कामदारको रूपमा हेर्दौ आफुखुसी ल्याउने र हटाउने गलत नजिरले आज आफ्नै कर्तुत बाहिरिदै छ ।

महासंघमा एक पद दुई व्यक्ति
महासंघको आधिकारिक वेभसाइडमा एक पदका लागि दुई व्यक्ति राखिएको छ । जहाँ एक उपाध्यक्ष पदका लागि दुइ व्यक्तिको नाम दर्ज गरिएको छ । त्यस्तै महासचिव एक पदका लागि दुइ व्यक्तिको नाम भेटिन्छन् र केषाध्यक्ष एक पदमा दुई व्यक्ति राखिएको राखिएको छ । सो वेभसाइडमा राखिएका निवर्तमान कार्यसमितिका ७ जनामध्ये ३ जना मात्र आजको महाधिवेशनमा उपस्थित रहेको स्रोतले जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.