चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार जेम्स र तासुकुलाई

असोज १५, काठमाडौं । यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई प्रदान गरिने भएको छ।

क्यानसकार बारेमा गरेको छुट्टाछुट्टै अध्ययनका लागि यो पुरस्कार दिन लागिएको हो। सोमबार स्वीडेनमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार घोषणा गरिएको हो। पुरस्कार घोषणा गर्दै स्वीडिस एकेडेमीले क्यान्सरविरुद्धका संघर्षका लागि महत्वपूर्ण हुने जनाएको छ। दुवै चिकित्सहरुले क्यान्सर लागेको कोषमा नियन्त्रण गर्न कस्तो प्रकारको रोगसँग प्रतिरोधी क्षमता विकास गर्नुपर्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए।

उनीहरुले विकास गरेको ‘प्रतिरोधी चेकपाइन्ट’ प्रणालीले क्यान्सरको उपचार विधिमा क्रान्तिकारी परिवर्तन ल्याएको बताइएको छ। जेम्स एलिसन अमेरिकाका युनिभर्सिटी अफ टेक्सस अस्टिनमा कार्यरत रहेका छन् । होन्जा टोकियो विश्वविद्यालयमा कार्यरत रहेका छन्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.