नाटक ‘मिलारेपा’ कार्तिक १८ देखि विशेष मञ्चन हुँदै

काठमाडौँ । नाटक ‘मिलारेपा’ को प्रिमियर शो सम्पन्न भएको छ ।

आइतबार (आज) दिउँसो थापागाउँस्थित मण्डला नाटकघरमा उक्त नाटकको प्रिमियर शो सम्पन्न भएको हो । बौद्ध गुरू र शिष्यबीचको परिक्षा र कठिन तपश्यपछि प्राप्त बुद्धज्ञानलाई प्रस्तुत गरिएको छ । ‘मिलारेपा’ ११औँ शताब्दीमा जन्मिएका तिब्बती बौद्ध धर्मका महान् योगी र आध्यात्मिक गुरु हुन् । उनकै जीवनकथामा आधारित यस नाटकले पापबाट पश्चात्ताप हुँदै ज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रालाई नाटकीय ढङ्गमा प्रस्तुत गरेको छ ।

अज्ञानताबाट अर्जित पापलाई नष्ट गरि पुनः धर्म प्राप्तीका निम्त्ति गरेको तपश्य र संघर्षसहितको धर्यपछि कठिन परिक्षा सफल प्राप्त भएको कथा प्रस्तुत गरिएको छ । विगतमा जतिसुकै खराब काम गरेता पनि पश्चाताप र अनित्यको दृढ संकल्प भएमा जुनसुकै व्यक्तिले पनि पूर्ण रूपमा आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने पाटाहरूलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ । आफ्नो कर्मको गहिरो पापबोधले पछुताएका ‘मिलारेपा’ पश्चतापका लागि आध्यात्मिक मार्ग रोज्छन् । त्यसबीच आफ्ना गल्तीहरूको आत्मसमीक्षा, कठोर तपस्या र साधनाद्वारा मिलारेपाले ज्ञान प्राप्त गर्छन् । उनको जीवनकथा मार्फत नाटकले पापकर्मका परिणाम, पश्चात्ताप र रूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई उजागर गरेको छ ।

कार्तिक १८ गतेदेखि मंसिर २१ गतेसम्म मञ्चन हुने यस नाटकका परिकल्पनाकार तथा निर्देशक बुद्धि तामाङ र उमेश तामाङ हुन् । यसलाई रविन तामाङले नाट्य रूपान्तरण गरेका छन् । मङ्सिर २१ गतेसम्म मञ्चन हुने नाटक ‘मिलारेपा’ सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त शो रहनेछ ।

तस्बीरः प्रदीपकुमार श्रेष्ठ÷प्रारम्भ खबर

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.