आर्थिक अभावका कारण उपचारमा समस्या, परिवारद्वारा सहयोगको अपिल

कात्तिक १४, काठमाडैँ । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररथ  ५२ बर्षिय गोबिन्द पोखरेलको आर्थिक अभावका कारण उपचारमा समस्या आएको छ । सामान्य ज्याला मजदुरी गर्दै आएका पोखरेल रूखबाट लडेर गम्भीर चोटपटक लागेर उपचारका लागि गत असोज २३ गतेदेखि आइसीयुमा भर्ना छन् । उनलाई हाल एचडियुमा लगेर थप गरिरहेका छन् ।

सुन्दर हरैचा नगरपालिका वडा नं. १० मोरङ स्थायी घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ काठमाडौँ बस्दै आएका पोखरेलको पहिलो चरणको शल्यक्रिया गरे पनि दोस्रो चरणको शल्यक्रियमा हुन नसकिएको उनका श्रीमति भगवती पोखरेलले बताएकी छन् । विरामीको कम्मरदेखि मुनि नचल्ने भएपछि थप शल्यक्रियाका लागि ठूलो रकम आवश्यक परेको उनकी श्रीमति पाखरेल बताउछिन् । दैनिकी ज्याला मजदुरी गरि खादै आएको आफ्नो परिवारका मुल मान्छे नै बिरामी भएर थलिन पुगेपछि सबै उपचारमा सहयोग गरिदिन सहयोगी मनहरूसामु याचना गरिरहेकी छन् ।

हालसम्म पाँच लाख खर्च भइसकेको बताउँदै तत्काल शल्यक्रियाका लागि तीन लाख रकम जम्मा गर्नुपर्ने भएकोले आफन्त र सहयोगी मनहरूप्रति अपिल गरेकी छन् । हाल विरामी होसमा आएपनि उनको कम्मरमुनिको भाग नचलेपछि निकै चिन्तित उनको श्रीमति भगवती पोखरेलले श्रीमानको ज्यान बचाउन सहयोगको अपिल गरेकी हुन् ।

सहयोगको लागि बिरामीको श्रीमती भगवती पोखरेलको नबिल बैंक खता नं. 0910017502933  वा निम्न उल्लेखित क्युआरमाबाट सहयोग गर्न सक्नुहुनेछ । थप जानकारीको लागि निम्न मोबाइलमा सम्पर्क गर्नसक्नुहुनेछ ।

सम्पर्क न. 9864695539  अन्य सम्पर्क :9852048220 

 

नोटः प्रस्तुत समाचार विरामीको उपचार सहयोगर्थ समर्पित हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.