जेनजी प्रदर्शनमा घटना बुझ्न सैनिक अधिकृतलाई जंगीअड्डा झिकाइयो

कार्तिक ३, काठमाडौं । गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनको प्रदर्शनमा भएका घटनाहरू बुझ्न केही सैनिक अधिकृतहरूलाई सैनिक मुख्यालय जङ्गी अड्डा बोलाइएको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रदर्शनका क्रममा भएका गतिविधिहरू बुझ्न केही सैनिक अधिकृतहरूलाई बोलाइएको हो । उनीहरूसँग घटनास्थलका विवरणहरूबारे सोधपुछ भइरहेको जनाइएको छ ।

प्रदर्शनका बेला विघ्न भएको केही स्थानका सैनिक अधिकृतहरूलाई मात्र बोलाइएको छ । सेनाले बोलाइएका अधिकृतहरूको नाम र सङ्ख्याबारे भने कुनै विवरण सार्वजनिक गरेको छैन ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.