निर्वाचन केन्द्रित सुरक्षा तयारीलाई तीव्र बनाउँदै गृह मन्त्रालय

असोज २, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार बरामद गर्न र फरार कैदीबन्दीलाई पक्राउ गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले विशेष कार्यक्रम सञ्चालनको तयारी भैरहेको जानकारी दिए। उनले मन्त्रालयले निर्वाचन केन्द्रीत सुरक्षा तयारीलाई तीव्र बनाउँदै नियमित रूपमा सुरक्षा समितिको बैठक आह्वान गर्दै आएको बताए। आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने गरी सरकारले काम अघि बढाएको उनको भनाइ छ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, गृह सचिव र रक्षा सचिवको सहभागिता थियो। बैठकमा आन्दोलनका क्रममा लुटिएका हतियार बरामद गर्ने र फरार कैदीबन्दीलाई पक्राउ गर्ने विषयमा विशेष छलफल भएको थियो।

आन्दोलनका क्रममा ९ सय ७८ वटा हतियार लुटिएका तथा हराएकामा अझै करिब चार सय हतियार बरामद हुन बाँकी रहेको जानकारी दिइएको छ। त्यसैगरी आन्दोलनका क्रममा फरार कैदीबन्दी मध्ये करिब ५ हजार कैदीबन्दी अझै जेल बाहिर रहेको गृहमन्त्रालयले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.