असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आह्वान गरेको छ । कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन’ उनले भनेका छन् । योग्य, नैतिकवान् र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि मन्त्री पुनले आह्वान गरेका छन् ।

