दसैँ लक्षित नागरिक सहायता कक्ष सञ्चालन

असोज २, काठमाडौँ । दसैँ लक्षित नागरिक सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार बिहीबारदेखि उपत्यकाको नयाँ बसपार्क, कलंकी, बल्खु, भक्तपुर र कोटेश्वरमा दसैँलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। शुक्रबारदेखि थप नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइने उहाँको भनाइ छ।

उहाँका अनुसार दसैँमा लामो तथा छोटो दुरीका सार्वजनिक यातायातमा बढी भाडा लिएमा, सिट क्षमताभन्दा बढी यात्रु चढाएमा वा कुनै दुर्व्यवहार भएका नागरिकले सहायता कक्षबाट सेवा लिन सक्नेछन्। उहाँले लामो दुरीको बसमा दुई जना चालक अनिवार्य भए, नभएको तथा चालकले मापसे गरेको छ या छैन भन्ने विषयमा नागरिक सहायता कक्षबाट अनुगमन गर्ने बताउनुभयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.