त्रिभुवन विश्वविद्यालको प्रश्नपत्र व्यापार गर्ने अनेरास्ववियुका २ नेता पक्राउ

असोज १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी रहेका छन् ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिविआइले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.