काठमाडौं र ललितपुरपछि भक्तपुरमा पनि कर्फ्यू जारी

भदौ २४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधपकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि लागुहुनेगरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन् ।

उनका अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र अनिश्चितकालीन र ललितपुरले पनि विभिन्न स्थानमा राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिसकेको छ ।

सोमबार बानेश्वर लगायत देशभर भएको जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दा १९ जनाको ज्यान गएको थियो भने चार सय बढी घाइते भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.