लोक तथा मौलिक सेलो गायिका इन्द्र गोलेको निधन

भदौ १८, काठमाडौं । लोक तथा मौलिक सेलो गीतका वरिष्ठ गायिका इन्दिरा गोलेको ५९ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आएकी थिइन् ।

 लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो ।

२०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मनुभएकी इन्दिरा गोले गुरुङले नेपाली संगीतलाई पाँच दशकभन्दा बढी समयदेखि अतुलनीय योगदान दिएकी थिइन् । ५ हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी गुरुङले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विभिन्न भाषा र भाकाका गीतहरू गाएर दर्शक तथा स्रोताको मन जितेकी थिइन् ।

विगत ३५ वदेखि नेपाली ठेट गीतको गायनमा व्‍यस्त लोकगायिका इन्दिरा गोले विभिन्न भाषा, भाका र भेगका ५ हजारभन्दा धेरै गीतमा स्वर भरेकी थिइन् । वरिष्ठ गायिका गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो, देउडा जस्ता हजारौं गीतमा स्वर दिइसकेकी छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.