पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिनाकारण मुद्दा लगाइएको अध्यक्ष नेपालको जिकिर

भदौ १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिनाकारण मुद्दा लगाइएको जिकिर गरेका छन् ।

नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्नेसम्बन्धी विशेष व्यवस्था गरेको उनले उल्लेख गरेका हुन् । शनिबार समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन  गर्दै उनले नेपाल सरकारले सूचित आदेशबमोजिम हदबन्दीको जग्गा राख्नका निम्ति स्वीकृति दिन सक्ने बताए । स्वीकृति दिँदा आवश्यक सर्त तोक्न सक्ने व्यवस्था रहेको उनले जिकिर गरे । हदबन्दीभन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको उनको भनाइ छ ।

हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नुको कानुनी आधार नरहेको उनले तर्क गरे । उक्त जग्गा मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिइएको बताए ।

आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्‌मा विद्यादेवी भण्डारीदेखि नेकपा (एमाले)का वर्तमान महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म रहेका उनले सुनाए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.