हरितालिका तिजको अवसरमा पशुपतिमा ६३३ सुरक्षाकर्मी परिचालन गरिने

भदौ ९, काठमाडौं । हरितालिका तिजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुने छन्। जसमा १ सय ३२ जना महिला सशस्त्र प्रहरी कर्मचारी खटिने छन्।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटि परिचालन हुनेछ।

पशुपति परिषरमा सशस्त्र प्रहरी नायव उपरीक्षक किशन केसीको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको ओभरल कमाण्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ। उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा २ सय ९१ भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन्।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौ, नम्बर १८ निलबराही गण, नम्बर २० विपद् उद्वार गण सिनामंगल, नम्बर २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नम्बर २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नम्बर २४ बाघभैरव गुल्म काठमाडौंमा गरी ६ प्लाटुन सुरक्षा फौज तयारी हालतमा राखिएको छ।

त्यस्तै नेपाल एपीएफ अस्पतालले महिला चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर विपद् उद्धार र विपद् उद्धार सामाग्रीसहित एक सेक्सन वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदिको किनारमा खटिने छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.