उत्तर कोरियाले दियो चेतावनी, अमेरिकी प्रतिबन्ध जारी रहे निशस्त्रीकरण नगर्ने

असोज १४, वासिंटन । उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध जारी रहेमा आफूले निशस्त्रीकरण नगर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ होले अमेरिकाले लगाएको प्रतिबन्धले अमेरिकाप्रतिको उत्तर कोरियाको अविश्वासलाई झन् गहिरो बनाउने बताए । संयुक्त राष्ट्रसभाको बैठकलाई सम्बोधन गर्दै यङ होले पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको आरोप लगाए ।

उता अमेरिकाले भने उत्तर कोरियाले निशस्त्रीकरण नगरेसम्म प्रतिबन्धहरू यथावत रहने बताउँदै आएको छ । गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोन उनसँगको ऐतिहासिक शिखर बैठकका क्रममा किमले पारमाणविक निशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको बताएका थिए ।उत्तर कोरियाली विदेश मन्त्री रिले प्रतिबन्ध लगाएर आफूहरुलाई घुँडा टेकाउने कुरा केही मानिसहरूको भ्रम हो भनेका छन् । –एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.