टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

भदौ ६, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले शुक्रबार पाकिस्तान शाहिन्सविरुद्ध खेल्दै छ । समूह चरणको अन्तिम अर्थात् छैटौँ खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजमा हालसम्म पाँच खेल खेलिसकेको छ, जसमा दुई जित र तीन हार बेहोरेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बङ्गलादेश ‘ए’ सँग ३२ रन र तेस्रोमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रन र पाँचौँ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएर नेपालले लय समातेको छ । ११ टोली सहभागी सिरिजमा नेपाल चार अङ्कसहित अङ्क तालिकाको सातौँ स्थानमा छ । सेमिफाइनल पुग्न आजको खेलमा पाकिस्तानलाई हराउनै पर्ने दबाब छ । पाकिस्तान ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल विजयी भएमा सेमिफाइनलको सम्भावना कायम रहन्छ, तर हारेमा समूह चरणबाट बाहिरिनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोली स्  रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.