तराना महिला विकास समितिको तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

भदौ २, काठमाडौँ । तराना महिला विकास समितिले तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक चेतना तथा सरसफाई अभियानमा सक्रिय संस्था तराना महिला विकास समितिले संस्कृतिको प्रवद्र्धन र विकासमा टेवा पु¥याउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको थियो ।

शनिवार आयोजित सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजले एकताको सद्भाव स्थापित गरेको बताएका छन् । नेपाल बहुभाषा, धर्म, संस्कृतिको मूलुक रहेकोले थुप्रै चाडपर्व र उत्सावहरू भइरहने बताए । उनले चाँडपर्वलाई साँस्कृतिक सभ्यतालाई मनन गरि मनाउन आग्रह गरे । नगर प्रमुख रिसालले चाडपर्वलाई अनुशासित र मर्यादित बनाउन महिला समूहहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै तराना महिला विकासले गर्दै आएको सामाजिक सचेतना, सरसफाई अभियान, महिला सशक्तिकरण लगायत सकारात्मक कार्यहरूको प्रशंसा गरेका थिए ।

 

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा नगर उपप्रमुख सान्नानी लामाले चाँडपर्वलाई साँस्कृतिक सम्पदाको रूपमा विकास गर्नुपर्ने बताइन् । विशेष गरि हरितालिका तीज नारीहरूको आवाज, माया र पारिवारिक सद्भाव प्रकट गर्ने पर्वको रूपमा रहेको बताईन् । नेपाली कला, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्दै उपप्रमुख लामाले चाडपर्वमा हुने गरेको विकृति विसंगतीहरूलाई समाजका अगुवा संस्थाहरूको पहलमा रोक्ने प्रयास गर्नुपर्ने बताईन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा ५ का अध्यक्ष एवम् नगर प्रवक्त नारायणबहादुर सुवेदीले संस्थाले स्थापनाकालदेखि समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै आएको बताउँदै तीज विशेष कार्यक्रमले महिलाहरूलाई एकीकृत र सशक्तिकरणमा सहयोग पुग्नेमा विश्वास गरे । तीज पर्वले साथीसंगी, माइती घर, दीदीबहिनी र परिवारका सदस्यहरूबीच सम्बन्धलाई थप सुमधुर बनाउने गरेको नगर प्रवक्त सुवेदीले बताए ।

 

तराना कला केन्द्र तथा तराना महिला विकास समितिका अध्यक्ष बसन्ती लामाको अध्यक्षतामा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरूले मनोरञ्जना दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा सदस्य, सञ्चारकर्मी र महिलाहरूको उल्लेख्य सहभागी रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.