माछापुच्छ्रे बैंकद्वारा पशुपतिमा लकर निर्माण

असोज १४, काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि लकर कक्ष निर्माण गरेको छ । सो लकर बैंकले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौं वार्षिकोत्सवको अवसर पारेर पुण्यको कार्य गर्न पाउँदा बैंक परिवार गौरवान्वित भएको बताए । बैंकले पशुपति आउने तिर्थालुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपछि तिर्थालुले लकरमा आफ्नो सर–सामान सुरक्षित रुपमा राख्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले नेपालभर आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १७ स्थानबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.