नेपाल पर्यटक यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि प्रस्तावित अध्यक्ष भीमबहादुर गोले तामाङले व्यवसायीहरूको साझा समस्याको पहिचान गरि समाधान गरिने प्रतिबद्धतता गरेका छन् ।
नेशनल भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक समेत रहेका तामाङले प्रारम्भ खबरको कुराकानीमा पर्यटक यातायात संघीयताको मर्मअनुरूप प्रदेश र स्थानीय तहसम्म संरचना विस्तार गरिने बताएका छन् ।
प्रहरीले हरियो प्लेटका पर्यटक बोक्ने सवारी साधनमाथि फरक व्यवहार गर्ने गरेको भन्दै तामाङले त्यसमा परिवर्तन ल्याउन समन्वय गरेर काम गर्ने बताए । पर्यटन क्षेत्रलाई नै असर पर्ने गरि नेपालीपनको अस्तित्व मेटाउन सवारी साधनमा लगाउन खोजिएको इम्बोष्ट नम्बर प्लेट खारेजीको माग समेत गरेका छन् । पर्यटनमा होटलपछिको सबैभन्दा ठूलो लगानी पर्यटक यातायातमा रहेको भए पनि सरकारले नजर अन्दाज गरेको बताए ।
संघको २२ औं साधारण सभा तथा ११ औं महाधिवेशनको लागि तामाङले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । साउन ३१ गते भएको नोमिनेशनमा समेत व्यवसायीहरूले उनलाई समर्थन गर्दै अध्यक्षको पदमा उम्मेद्वारी दिइएका छैनन् । लगभग भीमबहादुर गोले ११ औ महाधिवेशनबाट अध्यक्ष भन्ने पक्का भइसकेको छ ।
तमाङले संघले स्थापना कालदेखि हालसम्म गरेका उपलब्धिहरू, हाल सञ्चालनमा रहेका गतिविधिहरू तथा भावी योजनाबारे विस्तृत रूपमा जानकारी दिदै संघको आर्थिक पारदर्शिता, सदस्यहरूको हकहितको संरक्षण, सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन यातायातको छवि उजागर गरे प्राथमिकता राख्ने प्रतिबद्धता गरे ।
भिडियोमा

