सुन्दरीजल नाम्गेलमा मिनि टाटाको ठक्करबाट २ बर्षिय बालकको मृत्यु 

साउन ८, काठमाडौं । गोकर्णेश्वरको सुन्दरीजलस्थित नाम्गेलमा मिनी टाटाको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिकास्थित वडा – ४ नाम्गेलको कोलमती मार्गमा घर बनाउँदै गरेको ठाउँमा सामग्री ओसार्ने मिनि टाटाबाट पछाडि ब्याक भएर बालक किचिएको स्थानीयहरुले बताएका छन्  ।  मिनि टाटाको ठक्करबाट २ वर्षका बालक फुर्पू ल्हमु शेर्पाको मुत्यु भएको हो ।

बालकलाई घर बाहिर बा ३ ख ४३४५ नम्बरको मिनि टाटाले दिउसो साढे तीन बजे ठक्कर दिएको थियो । बालकको घटनास्थलमै मृत्यु भएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । दुर्घटना पछि प्रहरीले भक्तपुर घर भएका ३६ वर्षिय चालक हरि बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

 

 चालक प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेका छन् । दुर्घटना पछि आक्रोशित स्थानीयले ढुंगामुडापछि पछि महानगरीय  प्रहरी वृत्त बौद्धबाट सयौं प्रहरी परिचालन गरेका थिए । आक्रोशित भीड नियन्त्रणको क्रममा  ढुंगामुडाबाट १ जना प्रहरी घाइते भएको बताइएको छ ।

मृतक बालकको आफन्त र स्थानीयले उचित क्षतिपूर्तिको मागसहित ढुङ्गामुढा गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.