असोज १४, काठमाडौं । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षामा भएको व्यापारीकरण लगायत सरकारका गतिविधि विविरुद्ध आर.आर. क्याम्पस अगाडी विरोध प्रर्दशन गरेका छन् ।
शैक्षिक व्यापारीकरण, बढ्दो महंगी र निर्मला पन्तको बलात्कारपछि हत्याको विरुद्धमा विरोध प्रर्दशन गर्दै विद्यार्थी नेताहरुले अपराधी पक्राउ गर्न नसक्नु सरकारकै कमजोरी रहेको दावी गरे । त्यस्तै विभिन्न बहानामा शिक्षा क्षेत्रमा बढ्दै गएको चर्को शुल्कले विद्यार्थीहरु मारमा परेको र गरीव किसानका छोराछोरीले शिक्षा लिने अधिकारबाट बञ्चित बनाउन खोजिएको आरोप लगाए ।

कम्युनिष्ट सरकारको नाम बेचिएर सामान्त वर्गको शासन चलाउन खोजिएको र वर्तमान शिक्षा प्रणाली र शुल्कहरुले पनि उच्च ओहदाका परिवारका छोराछोरीका लागि मात्र सिमित बनाएको विद्यार्थी नेताहरुको आरोप छ ।

