प्रधानमन्त्री ओली कोस्टारिकाको राजधानी सान होजेमा

असोज १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका पुगेका छन् । राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिकाको राजधानी सान होजे पुगेका हुन् ।

उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि छिन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी पनि कोस्टारिका पुगेका हुन् । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.