असार २५, काठमाडौँ । खुम्बु क्षेत्रको वातावरण संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले स्थापित ‘औतारी लामा रिन्पोछे नावाङ्ग तेन्जिङ्ग जाङ्गबु वातावरण संरक्षण पुरस्कार’ यस वर्ष डा. रामचन्द्र कडेललाई प्रदान गरिएको छ ।
सोमबार ललितपुर स्थित नुवाकोट घर सानेपामा एक कार्यक्रम गरि राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ्ग शेर्पाको प्रमुख आतिथ्यतामा डा. कडेललाई रू. ३ लाख ७ हजार ७ सय ७७ रुपैयाको राशीसहितको पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणका महानिर्देशक समेत रहनुभएका कडेलले खुम्बु क्षेत्रको वृहत्तर विकास र पर्यटन प्रवद्र्धनका लागि स्थानीयहरूको साझेदारीमा महत्वपूर्ण कार्य सम्पादन गर्दै उदाहरणीय कार्य गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष एवम् पर्यटन व्यवसायी बिक्रम पाँडे काजीले बताए ।

‘करिव ४८– ५० वर्ष अगाडि देखि म नाम्चे बजार र खुम्बु क्षेत्रमा विदेशी ग्रुपहरुसंगै ट्रेकिङ आउने गर्थे, सोही अवसरमा तेङ्गवोचे गुम्बाका औतारी लामा नावाङ्ग तेन्जिङ्ग सँग पटक पटक दशर्न भेट हुने गर्दथ्यो ।’ पाँडेले भने ‘दर्शन भेटको समयमा औतारीले मलाइ र सँगै आएका पर्यटकलाई खुम्बु क्षेत्रको वातावरण बचाउँन, फोहोर नफाल्न, जथाभावी आगो नबाल्न, चराचुरुङ्गी, जनावर र वनस्पती फुल र वोट विरुवाहरुलाई कुनैक्षति नपुर्याउन आज्ञा गर्ने गर्नु हुन्थ्यो ।’ यसबाट आफ्नो अल्लारे विद्यार्थी जीवनमा संरक्षण जस्तो नौलो विषयमा औतारीको आदेश र औतारीको आज्ञाले ठूलो प्रभाव पारेको उनको भनाइ छ ।

औतारी लामाको यही आशीर्वाद, आज्ञा र औतारी आदेशना को पालना गर्दै आएको ५०औं वर्ष को यो पवित्र अवसरमा पुरस्कारको स्थापना गरेको पाँडेले बताए । यसले वातावरण प्रेमी, संरक्षण प्रेमी र यस क्षेत्रमा काम गर्नेलाइ उत्साहित अपेक्षासहित घोषणा गरिएको पुरस्कारले उचित व्यक्ति छान्न पाउँदा आफु निकै खुशी भएको व्यक्त गरे । प्रत्येक दुई वर्षमा एक पल्ट दिने पुरस्कार तेन्जि– हिलारी एभरेष्ट म्याराथनको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष पाँडे काजीले बताए ।

