६५ वर्षभन्दा लामो समयदेखि भारतमा निर्वासित जीवन बिताइरहेका १४औं दलाई लामाले हालै भारतको धर्मशालाबाट आफ्नो परोपकारी संस्था गादेन फोड्राङलाई आफ्नो भविष्यको पुनर्जन्म छनौट गर्ने अधिकार दिएका छन् ।
यस अघिसम्म उनी आफैंले पुनर्जन्मबारे बताउने जानकारी दिँदै आएका थिए । यस घोषणापछि दलाई लामाको संस्था र चीनबाट फरक फरक प्रतिक्रिया आएको छ । तिब्बती बौद्ध धर्मको इतिहासमा सबै प्रमुख जीवित बुद्धहरू ,दलाई लामा तथा पञ्चेन लामा चीनभित्रै जन्मिएका हुन् । त्यसैले आगामी पुनर्जन्मका लागि चीनभित्रै खोजी गर्नु उक्त इतिहासको अटुट सिद्धान्त मानिन्छ भन्दै चीनले तिब्बती बौद्ध धर्म चीनको वास्तविकताअनुसार परिष्कृत धर्म हो । यसका अधिकांश वास्तविक अनुयायीको बसोबास चीनमै छ । गुम्बाहरू पनि चीनभित्रै छन् ।

यसर्थ पुनर्जन्मसम्बन्धी नियमन चीनको धार्मिक मामिला हो भनेको छ भने दलाई लामाका अनुयायीहरुले यसलाई धार्मिक मामिला भनेका छन् । यस सन्दर्भमा दलाई लामाको नातेदार भनिने तेन्जिङ ग्यात्सोले दलाई लामाको इतिहाँस र बर्तमान स्थिति बारे यस्तो प्रतिक्रिया दिएका छन् । त्यस्तै पेनपात्सेरिङ र दलाई लामासंग सबन्धीत अन्य व्यक्तिहरुले भने यस्तो प्रतिक्रया दिएका छन् ।

