मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क बिच्छेद

असार २४, काठमाडौँ ।  सोमबार राती तिब्बतमा आएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पुर्ण रुपमा बिच्छेद भएको छ।

रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो। उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेका केहि विद्युतीय गाडि र मालबाहक ट्रकहरु बाढीले बगाएको बताउँदै उनले हालसम्म के कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको बताएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने बाढीका कारण भन्सार यार्डमा स्टक गरेर राखिएको इभी गाडीहरु बगाएको र अर्बौको रुपैयाँ बराबरको क्षति भएको अनुमान रहेको बताए।

रसुवा जिल्लाको टिमुरेमा धेरै जनधनको क्षति भएको र राहत र उद्धारका लागि सम्बन्धित मन्त्रालयमा पुगेर समन्वय गर्ने तयारी भएको उनले जानकारी दिए।

१८ जना सम्पर्क बिहीन र ९ जनाको उद्धार

रसुवा जिल्ला प्रशासनको जानकारी अनुसार बाढीका कारण हाल सम्म १८ जना सम्पर्क बिहिन र ९ जनाको सकुसल उद्धार गरिएको छ। सहायकि जिल्ला अधिकारीका अनुसार हाल सम्मको विवरण अनुसार तीनजना प्रहरी, रसुवाभन्सारको जाँचपास यार्डमा काम गर्ने कामदार ९ जना र ६ जना चीनियाँ नागरिक सहित १८ जना हाल सम्म सम्र्पक विहिन छन्। त्यसैगरी, बाढीमा फसेका ९ जनाको सकुसल उद्धार गरिएको छ।

‘बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको बाँधमा आंशीक क्षति पुगेको छ। अन्य जलविद्युत आयोजनामा पनि सर्तकता अपनाउन आग्रह गरिएको छ। केहि आयोजनाको उत्पादन रोकिएको अवस्था छ,‘ अधिकारीले भने। ‘नेपाल प्रहरी, शस्त्र प्रहरी बल र नेपाली सेना सहित १२० जनाको सहयोगमा उद्धार कार्य जारी छ।

प्रमुखजिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा समितका सबै निकायहरु घट्नास्थलमा निरक्षण र उद्धार कार्यवजारी छ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.