अमेरिका-भियतनामबीच नयाँ व्यापार सम्झौता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत भियतनामसँग नयाँ व्यापार सम्झौता भएको जानकारी दिएका हुन । उनले लेखेका छन्, ‘मैले भर्खरै भियतनामसँग व्यापार सम्झौता गरें । थप विवरण चाँडै आउनेछ !’

उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउने छ भने भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।

तर, ट्रान्सशिपिङ अर्थात् अरू मुलुक हुँदै पठाइएका सामानहरूमा भने ४० प्रतिशत भन्सार शुल्क लाग्ने ट्रमपले उल्लेख गरेका छन् । यसको सट्टामा अमेरिकी सामानहरूमा भियतनामले कुनै शुल्क नलागाउने र अमेरिकालाई पूर्ण बजार पहुँच दिने सहमति भएको उनले स्पष्ट पारेका छन्।

यसअघि अमेरिका भियतनामबाट आयात हुने वस्तुहरूमा ४६ प्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको थियो, जुन जुलाईको दोस्रो सातादेखि लागु गरिनुपर्ने थियो ।

हाल यूरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकाको भन्सार शुल्क वृद्धि नीतिको प्रभाव लागु हुनु अघि नै अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् । बेलायत र चीनसँगको सम्झौपछिको यो तेस्रो व्यापार सम्झौता हो, जुन आगामी जुलाई ९ को समयसीमाभित्र गरिन लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.