अध्यक्ष नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष

असार १३, काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उहाले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे। उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे।

त्यस्तै उनले अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका विषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए।

बैठकले उखु किसान उत्पादकलाई दिदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथाशीघ्र मल वितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने विपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसंग माग गरेको प्रवक्ता ज्वालले बताए। बैठक शनिबार पनि निरन्तर चल्ने ज्वालाले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.