पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

असार ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालत काठमाडौंले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । दिनभरको बहसपछि अदालतले सो आदेश दिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो। त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका थिए। थुनछेक बहस पछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो। नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो।

1-1750868150.jpg

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.