महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यन्वयन नगर्न अदालतको आदेश

असार ४, काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कार्यान्वयन नगर्न आदेश जारी गरेकाे हो।

अदालतले पाण्डेले दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.