मौसम : आज काठमाडौंसहित २९ जिल्लामा बाढीको खतरा

जेठ २९, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका २९ जिल्लामा बाढीको जोखिम रहेको बताएको छ ।

महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने नदी÷खोलामा बाढीको जोखिम देखिएको जानकारी दिएको हो ।

यीमध्ये पनि भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला जिल्लामा बाढीको जोखिम बढी देखिएको भन्दै महाशाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.