समृद्ध विकास र सुशासनका लागि टोल–टोलबाट अभियान थाल्नुपर्छः गृहमन्त्री

असोज १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा, समृद्धि विकास र सुशासनका निम्त्ति हरेक टोल र वडाबाट चेतनाका अभियान थाल्नु पर्ने बताए ।

काठमाडौंको जोरपाटीमा भएको एक कार्यक्रम बोल्दै गृहमन्त्री थापाले समाजमा हुने अनिमियतता, भ्रष्ट्रचार, हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई निरुत्सहित पार्न स्थानिय तहका वडा, सामाजिक संघसंस्था, नागरिक समाज सबैलाई अभियानमा लाग्न आग्रह गरे । सरकारले सुरक्षानीतिमा नयाँ आयाम ल्याएको उजगार गर्दै टोल–टोलमा प्रहरी अभियानले समाजमा शान्ति स्थापित हुने र आम नागरिकले सहज रुपमा सुरक्षाको अनुभूति प्राप्त गर्ने जिकिर गरे ।

गोकर्णेश्वर नगरपालिका स्थित मकालबारीमा निर्माण गरिएको महानगरीय अस्थायी प्रहरी बिटको उद्घाटन तथा हस्तन्तरण गर्दै मन्त्री थापाले सबै नागरिकको सहयोगमा मात्र प्रहरीले अपराध नियन्त्रण गर्न सकिने बताए । समाजमा हुने हरेक प्रकारका अपराधिक क्रियकलापलाई नियन्त्रण गर्न प्रहरीलाई सहि सूचना प्रदान गरी सुरक्षाको अनुभूति लिन नागरिकहरुलाई सुझाव दिए ।

त्यस्तै सांसद कृष्ण राईले चाडपर्वहरुमा हुने सांस्कृतिक तथा सामाजिक विकृतिलाई नियन्त्रणमा ल्याउन मदिरा बिक्री गर्ने व्यवसायलाई संवेदनशील बन्न ध्यानाकर्षण गराए । अपराध रोक्न प्रहरी, सामाजिक संघसंस्था, जनप्रतिनिधि, स्थानीय नागरिकहरु एकअर्काका परिपूरक सम्बन्ध विस्तार गर्नुपर्ने औल्याउँदै सूचना आदानप्रदान गर्नु पर्ने बताए ।


कार्यक्रममा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले नगरको शान्ति सुरक्षाका लागि स्थानीय जागरुक भैसकेको भन्दै अब नगरमा हुने अपराधिक गतिविधि अन्त्य हुँदै जाने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा महिलाहरुलाई अगाडी बढाएमा मात्र त्यस प्रकारका घरेलु हिंसा नियन्त्रण हुने बताउँदै महिला सहभागीत र सशक्तिकरणमा प्रथामिकता दिनुपर्ने भनाई व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं ३ का प्रतिनिधि सभा सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, महानगरीय प्रहरी काठमाडौंका प्रमुख बसन्त लामा लगायत सहभागी रहेका थिए । मकालबारी क्षेत्रमा बढ्दै गरेको लागूऔषध दूव्र्यसनी, महिला हिंसा, लुटपाट जस्ता सामाजिक अपराधलाई नियन्त्रण गर्न सुरक्षाको आवश्यकताअनुरुप त्यस क्षेत्रमा प्रहरी बिट निर्माण गरेको व्यवस्थापक समितिका अध्यक्ष पेमा छिरिङ लामाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.