नाराको ३६ औं जलयात्रा महोत्सव  त्रिशुली नदीमा सम्पन्न

जेठ १२, काठमाडौं । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा) को ३६ औं जलयात्रा महोत्सव -२०२५ त्रिशुली नदीमा सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा नदी संरक्षण गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नाराले जलयात्रा महोत्सवको आयोजना गरेको जनाइएको छ ।  राफ्टिङ जलयात्रा बेनीघाट रोराङ  गाउँपालिकाको माझिटार धादिङबाट  सुरु भई गण्डकी गाउँपालिका बट्टार गोरखामा पुगि सम्पन्न भएको थियो ।

जलयात्रा महोत्सवमा बेनीघाट रोराङ गाउँपालिका,  गण्डकी गाउँपालिका र इच्छा मनकामना गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकार र स्थानीयहरूको सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.