दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालको पोल्टमा ट्रफी

जेठ १२, काठमाडौं । दुई दिवसीय अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालले ट्रफी जित्न सफल भएको छ ।

जेठ १० र ११ गते नेपाल सोतोकान कराते डो संघ SKDUN काठमाडौंको आयोजना भएको सो खेलमा नेपाल प्रथम भएको हो । त्यस्तै दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा  बङ्गलादेश र चौथो स्थानमा श्रीलंकाले जीत हासिल गरेका छन ।

सो प्रतियोगितामा पाँच देशबाट ६ सय जना खेलाडी सहभागी रहेका थिए । विभिन्न विधामा भएको  मैत्रीपूर्ण खेलमा ४० जनाले गोल्ड मेडल प्राप्त गरेका थिए ।  काठमाडौंको  गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित शंखडोल कराते एकेडेमीको हलमा प्रतियोगितामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरि विजयी बन्न सफल खेलाडी तथा सहभागी खेलाडीहरुलाइ मेडल तथा ट्रफी वितरण गरेका थिए ।

जसमा नेपालबाट ४ सय जना (महिला÷पुरूष) र बाहिर देशबाट २ सय जना (महिला ÷पुरूष) खेलाडीहरूको सहभागीता रहेको आयोजकले बताए ।  खेलमा उमेर र तौल समूह गरि पुरूष र महिला खेलाडी समूहलाई वर्गिकरण गरिएको थियो  । जसअन्तरगत २०केजी देखि ६५ केजी र खुल्ला तौलसम्म पुरूष तथा महिला दुबैतर्फको खेलाडी रहने रहेका थिए ।  साथै जुनियर काता र सिनियर दुबैतर्फ कातामा महिला र पुरूषबीचको छुटाछुट्टै प्रतिस्पर्धा भएको थियो ।

नेपाल सोतोकान कराते डो संघ SKDUN काठमाडौं जिल्ला अध्यक्ष कुमार नेपालीको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका प्रमुझ दीप्क्क कुमार रिसालको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा नेपाल सोतोकान कराते डो संघ SKDUN का प्रमुख प्रशिक्षक तथा कन्ट्री डाइरेक्टर धिर्जेमा तामाङ, गोकर्णेश्वर नगर खेलकुद संयोजक संजय लामा, भारतबाट कासिम देव, साउथ एसियन टेक्निकल निर्देशक चित्र प्रसाद श्रेष्ठ, प्रशिक्षक गोबिन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.