जेठ १०, काठमाडौँ । गोकर्णेश्वरमा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आजबाट सुरू भएको छ ।
नेपाल सोतोकान कराते डो संघ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज र भोलि हुने अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोेगिता पहिलो चरणमा विभिन्न विद्यामा प्रतिपर्धा गराएका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित शंखडोल कराते एकेडेमीको हलमा भइरहेको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिब ६ सय खेलाडीहरूको सहभागीता रहेका आयोजकले जनाएको छ । जसमा नेपालबाट ४ सय जना (महिला÷पुरूष) र बाहिर देशबाट २ सय जना (महिला ÷पुरूष) खेलाडीहरूको सहभागीता रहेका छन् । उक्त खेल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४५ जना रेफ्रिले कन्ट्रोल गरिरहेका छन् ।

खेलमा उमेर र तौल समूह गरि पुरूष र महिला खेलाडी समूहलाई वर्गिकरण गरिएको छ । जसअन्तरगत २०केजी देखि ६५ केजी र खुल्ला तौलसम्म पुरूष तथा महिला दुबैतर्फको खेलाडी रहने आयोजकले जनाएको छ । साथै जुनियर काता र सिनियर दुबैतर्फ कातामा महिला र पुरूषबीचको छुटाछुट्टै प्रतिस्पर्धा रहने छ । आज भएको खेलमा उत्साहजनक रूपमा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

तस्बीरः प्रदीप कुमार श्रेष्ठ÷प्रारम्भ खबर

