जेठ १०, काठमाडौँ । १४औं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुदको काठमाडौ जिल्ला स्तरीय उसु प्रतियोगिता आज त्रिपुरेश्वरमा सम्पन्न भएको छ।
कुल १२ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ६ स्वर्ण २ रजत २ कास्य पदक सहित गोकर्णेश्वर टिम प्रथम भएको छ । ५ स्वर्ण ६ रजत र ४ कास्य सहित तारकेश्वर टिम दोस्रो हुन सफल भएको छ । गोकर्णेश्वरलाई भबेस खड्का, दृष्टि श्रेष्ठ, सेरिना पराजुली, बबिता मगर, याङ्की ह्योल्मो, सोनाम छिरिङ तामाङले स्वर्ण पदक दिलाएका थिए । त्यस्तै रिदम गोले र सुशान्त गौतमले रजत पदक जितेका थिए । आयुश ग्लान र डोल्मा ग्लान भने कास्य पदकमा सिमित रहे ।

बिजयी खेलाडीहरुलाई काठमाडौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भाईकाजी बलामी र उसु संघका पदाधिकारीहरुले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।

