अपडेट: गौशालामा बस दुर्घटना, १५ जना घाइते

जेठ ७, काठमाडौं । काठमाडौंको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रमा कार्की, विष्णुमाया कार्की, कृष्ण कार्की, समृद्धि दाहाल, दीपक शाह, अप्सरा अधिकारी, प्रदिप भुजेल, आकृति तामाङ, सुरेन्द्र भुजेल, लक्ष्मण लुवानी, राम चौधरी, बसन्ती परी, प्रेम मोक्तान, सुजन थापा मगर र मन्जु दाहाल रहेका छन् ।

उनी सबैको अवस्था सामान्य रहेको र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको बसले पैदलयात्री, मोटरसाइकल र अरू सवारी साधनलाई ठक्कर दिएको थियो । दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.