नेपाल पर्यटन बोर्डमा ‘कुन्डलिनी’ चित्रकला प्रदर्शनी, उत्कृष्टलाई मासिक पुरस्कार

जेठ ५, काठमाडौं । नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो-नेपाल’ प्रदर्शनी कार्यक्रमअन्तर्गत “कुन्डलिनी–२” शीर्षकमा आयोजित एकल चित्रकला प्रदर्शनी तथा “कुन्डलिनी योग” पुस्तकको लोकार्पण कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित बोर्डको परिसरमा सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले गरेका हुन् । चित्रकार भीमप्रसाद शर्माको यो १३औं एकल चित्रकला प्रदर्शनी हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्ता सिर्जनात्मक

प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान

पुर्‍याउने बताउँदै, पर्यटन बोर्डको यो प्रकारको प्रयासको प्रशंसा गरेका

छन् । त्यसैगरी पर्यटन बोर्डका सीईओ प्रमुख जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी देशको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । प्रदर्शनी जेठ १० गतेसम्म निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहनेछ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले सञ्चालन गर्दै आएको फोटोनेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगिता समेत जारी छ । यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्बिरहरूलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्बिरहरू पठाउन बोर्डले देश-विदेशका फोटोग्राफरहरूलाई आह्वान गरेको छ ।

 

बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको ‘फोटो-नेपाल’ अभियानअन्तर्गत हालसम्म १०० भन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.