करोडौं हिनामिना गरेर फरार दुई उपसचिवलाई अख्यितारको टोलीद्वारा पक्राउ

असोज १२, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजी गरिरहेका दुई उपसचिवलाई अख्यितारको टोलीले पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत उप–रजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बबरमहलको वन परिसरको भवन अगाडिको सडक किनारबाट पक्राउ गरेको हो।

यसअधि प्रहरीले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धन सम्पत्ति बेचबिखनमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो भने उपसचिवद्वय पौडेल र रोकाय फरार रहेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.