समाजवादी प्रेस संगठन नेपाल उपत्यका कमिटीमा नयाँ नेतृत्व

वैशाख २७, काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा विष्णु रैगाइ चयन भएका छन् ।

शनिबार अनामनगरमा भएको उपत्यका प्रदेश कमिटीको  विशेष भेलाबाट रैगाइको नेतृत्वमा  नयाँ कार्यसमिति चयन भएको हो ।  सो कमिटीको खुल्ला  उपाध्यक्षमा सुशन सर्जन रामदास र महिला उपाध्यक्षमा राधिका भट्टराई चयन भएका छन् भने सचिवमा योगेन्द्र चौलागाईं चयन भएका छन् ।

त्यस्तै सह-सचीव पुरुषतर्फ गणेश वि.क. र सह-सचीव महिलामा दीपा बोहरा चयन भएका छन् । कोषाध्यक्षमा निरोज तोलोङ्गेका साथै सदस्यहरूमा टीका रसाइली, पुष्पा बुढाथोकी, मुना भट्टराई, डिग बहादुर श्रेष्ठ र केशव भट्टराई चयन भएका छन् ।

भेलाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले पद तथा गोपनिताको शपथ ग्रहण गराएका थिए ।  शपथ ग्रहणसंगै संगठनलाई चलायमान बनाउनका लागि इमान्दारितापूर्वक लाग्न नव निर्वाचित कार्यसमितिलाई आग्रह गरे । आफ्नो सञ्चारकर्मीलाई मजबुत बनाउँदै समाज निर्माणका लागि इमान्दारितापूर्वक लाग्न सबै पत्रकारहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गरे।

सो भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय पदाधिकारीहरु संस्थापक सल्लाहकार हरू को उपस्थिति रहेको थियो। संगठनका संस्थापक सल्लाहकार एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पत्रकारिता जगतमा लाग्नेहरू भ्रष्टाचारी र अपराधीको पछि कहिल्यै नलाग्न आग्रह गरे ।

विभिन्न संगठनहरू परित्याग गरी समाजवादी प्रेस संगठनमा प्रवेश गर्ने पत्रकारहरूलाई संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ र वरिष्ठ पत्रकार किशोर श्रेष्ठले खाता र टिकाद्वारा स्वागत गरेका थिए । प्रेस संगठनमा प्रवेश गर्नेहरूमा एमाले निकट प्रेस चौतारीबाट निरज रन्जित र अन्य  संगठनबाट ध्रुबा गिरी, रोशन राई,  रमेश संग्रौला, अवि राई, संजय वर्मा, पूजा पौडेल, अनिता पोखरेल, उमेश सेन्चुरी र सुजाता रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.