विश्व बैंकले १३ अर्बभन्दा बढी ऋण दिने

असोज १२, काठमाडौं। विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिहीबार भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.