वैशाख १८, काठमाडौं । झण्डै महिनादेखि आन्दोलनरत शिक्षकहरुले आजदेखि सडक आन्दोलन फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।
बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुबी नौ बुँदे सहमति भएको थियो । उक्त सहमतिसँगै सडक आन्दोलन फिर्ता लिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
शिक्षक आन्दोलन स्थगित भएसँगै करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने शिक्षामन्त्री पन्तले बताए शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको उनले बताए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए ।

