सुजन बाग श्रेष्ठले तेस्रोपटक छेडे जिब्रो

वैशाख २, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–स्थीत बोडेमा मङ्गलवार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्काः जात्राको अवसरमा मनाइने यस विशेष जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेका छन् ।

श्रेष्ठ थरका स्थानीय पुरुषले मात्र सहभागी हुने परम्पराअनुसार सुजनले जात्रालाई निरन्तरता दिएका हुन् । उनी नौ पटकसम्म जिब्रो छेडिसकेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सम्म चार पटक र पछि २०७३ देखि पुनः यो परम्परा निभाउँदै आएका थिए । तेलमा डुबाइराखिएको करिब ११ इन्च लामो सुइरोले पाँचो गणेश मन्दिरको प्राङ्गणमा सुजनको जिब्रो छेडिएको हो । यसअघि उनले निराहार व्रत बसेर शक्तिपीठको दर्शन गरेका थिए । जिब्रो छेडेपछि चन्द्राकार महाद्वीप बोकेर टोल÷ टोल घुमाउने परम्परा रहेको छ ।

किंवदन्ती अनुसार, प्राचीनकालमा तान्त्रिक भीमदत्तले बोडेमा दुःख दिने पिशाचलाई पासोमा पारी जिब्रो छेडी महाद्वीप बोकेर घुमाएपछि यो जात्रा सुरु भएको हो । नीलबाराही देवगणसँग सम्बन्धित यो जात्रा अद्भुत धार्मिक र सांस्कृतिक महत्त्व बोकेको मानिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.