असोज १२, काठमाडौं । सुनकोशी गाउँपालिका वडा न। १ को वडाध्यक्ष नेत्र बहादुर कार्कीले मिति २०७५।०६।०९ गते जारी गरेको खादा निषेधित सूचनामा नेपाल राष्ट्रिय तामाङ धेदुङले आपत्ति जनाएको छ ।
सर्बजनिक गरेको सूचनामा मिति २०७५।०७।०१ अर्थात कार्तिक १ गतेदेखि लागु हुनेगरि सर्बजनिक कार्यक्रमहरुमा खादा प्रयोग गर्न नपाउने निषेधित नियम परिपत्र जारी गरेको थियो । यस्तो सूचनाप्रति सिङ्गो तामाङ समुदाय गम्भीर भएको छ । वडाध्यक्षको यस्तो निर्णयले धार्मिक सहिष्णुता माथी अाँच पुर्याएको र सम्प्रदायिक दंग भड्काउने चलखेल भएको भन्दै नेपाल राष्ट्रिय तामाङ धेदुङले अब यस्तो खालको गतिविधि नगर्न चेतावनी समेत दिए ।

नेपाल राष्ट्रिय तामाङ घेदुङले विज्ञप्ति जारी गर्दै यस्ता घृणित निर्णय खारेज गरि धर्म निरपेक्ष नेपालको सम्मान गर्न र गराउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको उल्लेख छ ।

