कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन

चैत १२, काठमाडौं। काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन्।

कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थीत विश्वभाषा क्याम्पस अगाडि ऊर्जामन्त्रीको पुत्ला दहन गरेका हुन्। ऊर्जामन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको थियो। प्रदर्शनका क्रममा बिद्यार्थीहरुले ऊर्जामन्त्रीको राजीनामा समेत माग गरेका छन्।

अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले कुलमान घिसिङले ऊर्जा बिकासमा गरेको कामप्रति समर्थन रहेको भन्दै उनलाई हटाउने कामको विरोध गरे। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.