मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा

काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र आसपासमा निषेधाज्ञा जारी गरेको छ।

आइतबार जिल्ला सुरक्षा समिति, ललितपुरको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ती क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनीजस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो। उक्त क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ।

‘आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवं फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति, ललितपुरको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१/१२/०४ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.