फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ चयन

चैत ३, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित भएका छज् । रामेछाप सदरमुकाम मन्थलीमा शनिबार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव संस्थागत चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनले लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, सदस्यमा निर बहादुर तामाङ र अनुशास​न​ स​मिति संयोज​क ज​ग​त​ तामाङ​, सदस्यमा प्रदीपकुमार श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा वावुकाजी श्रेष्ठ , उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, र​त्न​काजी प्र​जाप​ती, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ राई, श्यामलाल लामा र विशालराज राई चयन भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.